सर्लाहीको लालबन्दीमा विपद् व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न

सर्लाहीको लालबन्दीस्थित युनाइटेड होटलको सभा हलमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। हरिपुर्वा नगरपालिकामा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना (NRL) अन्तर्गत राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को संयुक्त साझेदारीमा तालिमको आयोजना गरिएको हो।
श्रावण 1 गतेदेखि 3 गतेसम्म आयोजित तालिममा स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) का सदस्यहरू, युवा स्वयंसेवकसहित ३० जना सहभागी थिए। प्रशिक्षक मोहन गौतमले सहभागीहरूलाई विपद्को पूर्वतयारी, प्रतिकार्य, पुनःस्थापना, प्राथमिक उपचार तथा स्रोत परिचालनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरेका थिए। साथै, जोखिम पहिचान, समुदायस्तरको आपतकालीन योजना निर्माण, र स्थानीय स्रोतहरूको उपयोगसम्बन्धी अभ्याससमेत गराइएको थियो।
फिल्ड अधिकृत उमेश नन्दन चौधरीका अनुसार तालिममा सहभागीहरूलाई व्यवहारिक अभ्याससहित समूहगत कार्य योजना निर्माण र प्रस्तुतीकरणको अवसर दिइएको थियो।
तालिमको समापन सत्र जेष्ठ सहभागी तथा LDMC सदस्य दुखा राय यादवको अध्यक्षतामा सम्पन्न भयो।
सहभागीहरूको तर्फबाट कुन्ती पण्डित र नेपाली रेडक्रस सोसाइटी, हरिपुर्वाका अध्यक्ष मुगल राय यादवले मन्तव्य दिँदै, RRPK द्वारा आयोजना गरिएको तालिम अत्यन्त ज्ञानवर्धक, व्यवहारिक र समयसापेक्ष रहेको बताएका थिए।
उनीहरूका अनुसार, “आकस्मिक विपद् आइपर्दा के गर्ने, कसरी तयारी गर्ने, प्राथमिक उपचार कसरी दिने, स्थानीय पालिकाको भूमिका के–के हुनु पर्छ भन्ने विषयमा यस तालिमले धेरै जानकारी दिएको छ।”
साथै, बिपद् व्यवस्थापन सम्बन्धी योजना, स्रोत परिचालन तथा समुदायको समन्वयात्मक भूमिका अझ सशक्त बनाउन यस्ता तालिमहरू आवश्यक रहेको उनीहरूको भनाइ थियो।
उनीहरूले यस्ता तालिम तथा कार्यक्रमहरू गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
तालिमको अन्तिम दिन सहभागीहरूले समूहगत अभ्यास, कार्य योजना निर्माण, र प्रस्तुतीकरण सत्रमार्फत सिकेका सीपहरू प्रस्तुत गरेका थिए। समापन सत्रमा RRPK का परियोजना अधिकृत राजेश साहले जानकारी दिनु भयो