१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पनि मतदान गरे – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पनि मतदान गरे

सर्लाही,४ मंसिर । मंसिर ४ गते अर्थात आज सर्लाही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका पूर्व सतारुढ गठबन्धन तर्फका साझा उम्मेदवार नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता तथा पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव हरिपुर्वा नगरपालिका –९ को रामजानकी मठ मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादव यस पटक पनि सर्लाही क्षेत्र नम्बर २ बाटै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यादवले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर तथा महतोले आफ्नै पार्टी लोसपाको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०७० सालको दोस्रो संविधान सभाको चुनावमा यादव र महतो एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नुभएको थियो । त्यतिबेला सद्भावना पार्टीबाट उम्मेदवारी दिएका महतोलाई हराउँदै तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवार बनेका यादव निर्वाचित हुनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.