ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
हरिपुर्वामा बाल बिवाह सम्बन्धी सडक नाटक प्रदर्शन
हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा बाल बिवाह सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । आज वल्र्ड भिजन ईन्टरनेशनल तथा बागमती सेवा समाज द्धारा संचालित बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजना अन्तर्गत उक्त सडक नाटक देखाइएको थियो । ताइवान बाट आएका ८ जना प्रतिनिधिहरुको उपस्थितिमा सडक नाटक देखाइएको थियो ।
रुपान्तरण बाट भएको सकारात्मक व्यवहार, महिनावारी स्वच्छताको बारेमा हरिपुर्वाका बालबालिकाहरुले ताइवानका प्रतिनिधिहरु सँग छलफल समेत गरेको थियो । उहाँहरुले विभिन्न कार्यक्रमको अनुुगमण समेत गर्नुभएको थियो ।