कार्यसम्पादनमा सर्लाहीमा पहिलो भएका ईश्वरपुरमा नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

कार्यसम्पादनमा सर्लाहीमा पहिलो भएका ईश्वरपुरमा नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ।
ईश्वरपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा १३ औं नगर सभा सम्पन्न भएको छ । हिउँदे अधिवेशनबाट केही बजेट संशोधन गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
नगर सभालाई सम्बोधन गर्नु हुदै नगर प्रमुख मनोज कुमार आचार्यले यसपालि कृषिको वर्ष बनाउने उदेश्य साथ अगाडी बढेको बताउनुभयो ।
वैशाख १ गते बाट खाध बैंकले कार्यक्रम सुरु गर्ने नगर प्रमुख आचार्यले बताउनुभयो । विकास भनेको बाटोघाटोको विकास मात्र नभइ समग्र क्षेत्रको बिकास हो ।
आफुले त्यस कारण बाटोघाटो बाहेक शिक्षा, कृषि, स्वास्थ्य र अन्य विकासमा बढी फोकस गरेको उहाले बताउनुभयो । बाटोघाटोको मेरो कार्यकालको अन्तिम चरणमा राखेको नगर प्रमुख आचार्यले बताउनुभयो ।
नगर प्रमुख आचार्यले कार्यसम्पादनमा सर्लाहीमा पहिलो भएका ईश्वरपुरमा नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई उत्कृष्ट कार्य गरेको भन्दै धन्यवाद समेत दिनुभएको छ ।