३० मंसिर २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महोत्तरीमा स्वास्थ्य जाँच शिविर सम्पन्न – Nigrani Today
Uncategorized

महोत्तरीमा स्वास्थ्य जाँच शिविर सम्पन्न

महोत्तरी, २५ चैत्र । एकीकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत विश्व स्वास्थ्य दिवस २०२५ को अवसरमा आज चैत्र २५ गते निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ ।

“स्वस्थ शुरुवात, समृद्ध भविष्य” भन्ने नाराका साथ आयोजना गरिएको उक्त शिविरमा नसर्ने रोगहरु सम्बन्धी जाँच तथा स्वास्थ्य परामर्श सेवा दिइएको थियो । एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाको समन्वयमा आयोजना गरिएको उक्त शिविरमा सहभागीहरुको उच्च रक्तचाप जाँच, मधुमेह परिक्षण गर्नुका साथै शरीरको वजन सुचांक (BMI) तथा स्वस्थ जीवनशैलीका बारेमा परामर्श दिइएको थियो ।

सो अवसरमा बोल्नु हुँदै एकडारा गाउँपालिकाका प्रवक्ता सखीचन्द्र यादवले अहिलेको समयमा स्वस्थ जीवनशैली अपनाउन अति आवश्यक भएको र नसर्ने प्रकारका रोगहरुले सर्वसाधारणलाई आक्रान्त बनाएको बताउनुभयो ।

हाल मानिसको मृत्युको एक प्रमुख कारणका रुपमा उच्च रक्तचाप, मधुमेह, मुटु सम्बन्धी रोग जस्ता नसर्ने प्रकारका रोगहरु रहेकोले सो बारेमा समुदायमा जनचेतना जगाउन जरुरी रहेको कुरा सो अवसरमा उपस्थित महानुभावहरुले ब्यक्त गर्नुभएको थियो ।

उक्त १ दिन शिविरमा एकडारा गाउँपालिकामा ९९ जना र सम्सी गाउँपालिकामा ७७ जनाले सेवा लिएको एकीकृत ग्रामिण विकास समाज, महोत्तरीका पोषण फिल्ड अधिकृत राजिव कुमार झाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button