नारायण माध्यमिक बिधालयमा ८४ लाख बढी लागतमा चार कोठे विधालय भवन निर्माण हुने,

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ६ मा रहेको नारायण माध्यमिक बिधालयमा ८४ लाख बढी लागतमा भवन निर्माण हुने भएको छ ।
नारायण माध्यमिक बिधालयमा ८४ लाख ६६ हजार ४ सय ४५ रुपैयाँको लागतमा ४ कोठे विधालय भवन निर्माण हुन लागेको हो ।
आज नगर प्रमुख मनोज कुमार आचार्य, नगर उपप्रमुख रंजिता चौधरी, विधालयका प्रधानाध्यापक फणीराज बराल लगायत अन्य व्यक्तिले विधालय भवनको संयुक्तरूपमा भूमीपुजन तथा शिलान्यास गर्नुभएको विधालयका शिक्षक राजकुमार समालले जानकारी दिनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधालय भवनको १ करोड ३५ लाख ५० हजार ७ सय १ रुपैयाँ रुपैयाँको स्टिमेट गरेको भए पनि कैलाशपुरी कन्स्ट्रक्सनले ८४ लाख बढी लागतमा भवन निर्माण गर्न लागेको नारायण माध्यमिक बिधालयले जनाएको छ ।
विधालय भवन निर्माण कार्य २०८१ फागुन २१ गते बाट सुरु भई २०८२ असार ३० गते सम्पन्न हुने ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी विधालयले भूमीपुजन तथा शिलान्यास कार्यक्रमको अवसर पारेर कक्षा १० को विधार्थीलाई बिदाइ तथा फेरी भेटौला कार्यक्रम समेत गरेको नारायण माध्यमिक बिधालयले जनाएको छ ।
एस इ ई को तयारी गरेका नेपाली मेडीएमका ३ र अंग्रेजी मेडिएमका ४ गरि ७ टप विधार्थीलाई सम्मान गरिएको तथा एसइइमा ३ सय ७ जना विधार्थीहरु सहभागी हुने विधालयका सहायक प्रधानाध्यापक पदमा खरेलले जानकारी दिनुभयो ।