१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सप्तरी २ दोब्बर भन्दा बढी मतान्तरले उपेन्द्रलाई पराजित गर्दै सिके राउत निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सप्तरी २ दोब्बर भन्दा बढी मतान्तरले उपेन्द्रलाई पराजित गर्दै सिके राउत निर्वाचित

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र २ प्रतिनिधि सभातर्फ जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै दोब्बर भन्दा बढी मतान्तरले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) विजयी भएका छन् । राउत १८ हजार ६३ मतले विजयी भएका छन् ।

राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा त्यही जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहे ।

त्यसैगरी सत्ता गठबन्धन लोसपाका उम्मेदवार जयप्रकाश ठाकुर ७ हजार ३ सय ४७ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

यस निर्वाचन क्षेत्रमा कुल ६४ हजार ४ सय ६० मत खसेको थियो ।

सप्तरी २ (क) र (ख) मा जनमत पार्टीकै सतिश सिंह र महेश प्रसाद यादव विजयी भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.